बिहीबार २० बैशाख, २०८१ (Thursday May 02, 2024)

रेग्मीलाई सर्वोत्कृष्ट वकिलको पुरस्कार

बिहीबार ८ पुष, २०७८ विचारवाटिका 1464


रेग्मीलाई सर्वोत्कृष्ट वकिलको पुरस्कार

पुस ८, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सञ्जिवराज रेग्मीलाई सर्वोत्कृष्ट सरकारी वकिल घोषणा गरेको छ ।

कार्यालयको ७१औं स्थापना दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहन्यायधीवक्ता रेग्मीलाई प्रशंसापत्र प्रदान गरेका छन् ।

महान्यायधिवक्ता कार्यालयले जिल्ला न्यायधिवक्ता बाबुराम अधिकारी, रत्नप्रकाश गिरी, प्रेममाया राना, उपन्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुंगेल, राजकुमार राउत अनि सहायक न्यायधिवक्ता मनमथकुमार उपाध्याय, नासु गोविन्द बस्नेछ, रामजुलुम साह, कम्प्यूटर अपरेटर शोभा पनेरु र कार्यालय सहायक जर्नबहादुर महतरालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरेको हो ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु