आईतवार २९ भाद्र, २०८२
भदौ २९ काठमाडौँ ,नेतृत्वले गल्ती माथि गल्ती गरिरहने दाेष पार्टीले बोकिदिनु पर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्नुभएको छ ।
अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु , मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला मैले पार्टी छाँडे भन्दै आइतबार रास्वपा छोडेको जानकारी दिँदै उहाँले भन्नुभयो ।
पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उहाँले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको आरोप लगाउनुभयो । उहाँले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराउनुभएको छ । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको दाेष पार्टीका सबैले बोकिदिनु पर्ने पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने भन्दै असन्तुष्टि व्यक्त गर्नु भएकाे छ ।