शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

आज विवाह पञ्चमीकाे मुख्य दिन जनकपुरधाममा धुमधाम सित विवाह पञ्ममी मनाउँदै ।

मंगलवार ९ मंसिर, २०८२ Bichar Batika 1317


आज विवाह पञ्चमीकाे मुख्य दिन जनकपुरधाममा धुमधाम सित विवाह पञ्ममी  मनाउँदै ।

मंसिर ९  जनकपुरधाम , प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज त्रेता युगमा  भएकाे श्रीरामचन्द्र र सीताको विवाहको स्मरणमा बनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैटौँ  अर्थात मुख्य दिन जनकपुरधाममा विवाह पञ्चमी मनाइँदैछ ।
हिजाे सोमबार विवाह पञ्चमीको पूर्व सन्ध्यामा धार्मिक तथा ऐतिहासिक जनकपुरको गंगासागरमा राम र जानकीको मटकोर गरिएको थियो , विवाहका लागि वेदी बनाउन पूर्व सन्ध्यामा गंगासागरबाट माटो ल्याउने विधिलाई मटकोर भनिन्छ ।
आज छैटौँ दिन राम र जानकीको विवाह धुमधामसँग गरी दिउँसो जानकी मन्दिरबाट जानकीको डोला र राममन्दिरबाट रामको डोला निस्केर बाह्रबिघा मैदानमा स्वयम्वर हुने छ भने साँझ जानकी मन्दिरमा मिथिलाको परम्परा अनुसार रातभर विवाहको कार्यक्रम चल्ने गर्दछ ।
जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ। रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ।

यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्।
रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु