बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने ३ जना पक्राउ

मंगलवार २७ आश्विन, २०७७ विचारबाटिका 1484

 

असोज २७, काठमाडौं । अपराध महाशाखाको टोलीले भक्तपुरका एक व्यक्तिलाई जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीन जनालाई पक्रेको छ । 

पक्राउ पर्ने व्यक्त्तिमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, ३० वर्षीय प्रेम तामाङ र २८ वर्षीय रमेश तामाङ छन् । ति तीन मध्ये कामी शेर्पा मुख्य योजनाकार भएको महाशाखाका अनुसन्धान अधिकारीहरु बताउँछन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको गत हप्ता हत्या भएको थियो । गत बुधबार करिब ४ बजेतिर घरमा आएका नचिनेका  व्यक्तिहरुले अनुरोध गरेपछि योञ्जन बिक्रीमा रहेको जग्गा देखाइदिन भन्दै डेढ किलोमिटरको दूरीमा रहेको क्षेत्रमा गएका थिए ।

अज्ञात जग्गा किन्ने बहाना बनाएर आएकाहरुले चन्द्रकुमार योञ्जनलाई कुटपिट गरी सिक्री लुटेर भागेका थिए । गत बिहीबार योञ्जनको उपचारको क्रममा मृत्यु भएको थियो । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु