शनिबार १४ माघ, २०७९
माघ १४ काठमाडौं, म यो देशको ढुकुटी को पाले हु, कसैलाइ एक रुँपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन्न । यो देश सबै घुस खोरी दलालले खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् । उनको यो बोली सबैले रुचाएका छन ।
रवीन्द्र मिश्रपछि फेरि रवि लामिछाने पत्रकारिताको क्षेत्रबाट राजनीतिमा निर्णायक हस्तक्षेप गर्न सफल भएका छन् । समकालीन नेपाली राजनीति, अर्थतन्त्र, कूटनीति, संस्कृतिजस्ता क्षेत्रभित्र रहेका बेथिति, विसंगतिलाई जनमानसमा आक्रामक ढङ्गले प्रस्तुति दिएर छवि निर्माण गरेका दुई पात्रमध्ये रवीन्द्र मिश्र लगभग असफलताको साङ्लोले बाँधिइसकेका छन् ।
कुनै राजनीतिक आकार नै नभएको दललाई नेपाली जनताले ठूलो अभिमत दिएर संसद्मा पठाएका छन् । हुन त लामिछानेसम्बद्ध केही नेताहरू मध्यपन्थी पार्टीको वैचारिक दिशामा अगाडि बढने पनि भनिरहेका छन् । मध्यपन्थ रवीन्द्र मिश्रको जस्तो घोर दक्षिणपन्थी नभए पनि नेपाली कांग्रेसजस्तै दक्षिणपन्थी लाइनको एउटा हाँगा नै हो । भर्खर सम्पन्न निर्वाचनमा प्रदेश तहमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी खडा नगर्ने जुन धृष्टता ग¥यो, त्यसले मोटामोटी उनको अगामी दिशाबारे अनुमान गर्न कठिन छैन ।
१० वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन र मधेस आन्दोलनले स्थापित गरेको संघीयताको मूल मर्ममाथि उनले प्रश्न खडा गरेका छन् । त्यस्तै, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्रदेशको प्रत्यक्ष र समानुपातिक दुवै मतदान प्रक्रियालाई अस्वीकार गर्दै प्रदेश खारेजीको पक्षमा आफ्नो स्पष्ट अभिमत जाहेर गरे । यसले भर्खर उदाउँदै गरेको युवापुस्ताको नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनको उपलब्धिलाई अस्वीकार गर्न खोजेको भान हुँदैछ ।
अब केही समयपश्चात् लामिछानेको वास्तविक पहिचान हुनेछ । उनले कि त संघीय संरचना स्वीकार गरेर मूलधारमा अडिन प्रयत्न गर्नेछन्, कि त उक्त संरचनाविरुद्ध जनमत खडा गरेर विद्रोही शक्तिको रूपमा संगठन विस्तारको जग हाल्न कोसिस गर्नेछन् ।गत हप्ता सम्पन्न चुनावको सबै परिणाम घोषणा भइसकेको छ । यो चुनावले समानुपातिक प्रणालीमा नेकपा एमालेलाई ठूलो दलको रूपमा स्थापित गरे पनि नेपालमा दक्षिणपन्थी शक्तिका लागि उत्साहजनक माहौल सिर्जना गरिदिएको छ ।