आईतवार ३१ जेष्ठ, २०८३ (Sunday June 14, 2026)

फेवातालमा एकै दिन ५ हजारभन्दा धेरै पर्यटक डुङ्गा सयर ,पर्यटन व्यवसायी उत्साहित ।

शनिबार ३० जेष्ठ, २०८३ Bichar Batika 1123


फेवातालमा एकै दिन ५ हजारभन्दा धेरै पर्यटक डुङ्गा सयर ,पर्यटन व्यवसायी उत्साहित ।

जेष्ठ ३० पाेखरा, पर्यटकीय राजधानी पोखराकाे फेवातालमा एकै दिन ५ हजारभन्दा बढि पर्यटकले डुङ्गा सयर गरेका छन् , अन्नपूर्ण क्षेत्रलगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएकाेले पर्यटन व्यवसायी उत्साहित भएकाे छ ।
पर्यटकको बढ्दो चापसँगै पोखराका धेरैजसो होटल भरिभराउ रहेकाे छ, विगत ३२ वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएकाे होटल संघ पोखराका अध्यक्ष लक्ष्मण  सुवेदीले बताउनु भयाे नयाँ वर्षयता बढेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ ।


पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ , भारतमा बढ्दो गर्मी छल्न र बिदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा लिएकाे छ।
भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला भरिभराउ बनेको छ ,लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको ले नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रुपमा लिन सकिने समेत अध्यक्ष सुवेदीले बताउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु