शनिबार १८ आश्विन, २०८२
असाेज १८ काठमाडौं , आश्विन शुक्ल द्वादशी अर्थात बिजय दशमीकाे आज तेस्रो दिन पनि आफन्त तथा मान्यजनकाे हातबाट टीका, जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ ।

नौ दिनसम्म पूजाआराधना गरी विजयादशमीमा देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम विजयादशमी, एकादशी,द्वादशी हुँदै कोजाग्रत पूर्णिमासम्म पनि जारी रहन्छ तर कहीं कतै ‘पश्चिम नेपालका केही जिल्ला’ तथा जातिमा भने विजयादशमीकाे दिनमात्रै टीका लगाइन्छ प्रचलन पनि रहेकाे छ।

दसैं असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने भएता पनि यसबारे अनेक भनाइ तथा किम्वदन्ती छ, दसैंलाई धेरै समय भेटघाट नभएका आफन्तहरू भेट्ने अवसरको रूपमा पनि लिइन्छ।
