बुधबार २५ जेष्ठ, २०७९
जेठ २५ काठमाडौं ," रक्तदान गर्ने कार्यमा ऐक्यबद्धता जनाऔ ! जीवन बचाउने अभियानमा सहभागी हाैं!!" भन्ने मुल नाराका साथ विश्व रक्तदान दिवस २०२२ काे उपलक्ष्यमा ब्लड डाेनर्स एशाेसिएशन नेपाल ( ब्लाेदान) द्वारा आयाेजीत साप्ताहिक कार्यक्रम अन्तर्गत आज पहिलाे दिन रक्तदान जनचेतना य्राली सम्पन भएकाे छ ।

का.म.पा.काे उप-प्रमुख सुनिता डंगाेलकाे प्रमुख आतिथ्यमा ,ब्लाेदान काठमाडौं जिल्ला मध्य क्षेत्रकाे कार्यभार अध्यक्ष राम बहादुर ठकुरीको अध्यक्षतामा आयाेजना गरियकाे य्राली बसन्तपुर ,न्युरोड ,झाेसे,वम:बाहाल, लगन ,टेकु ,जैसिदेवल,पराेपकार ,भिमसेनथान,मरूगणेश थान
हुँदै बसन्तपूरमा पुगेर समापन भएकाे थियाे ।

य्रालीमा ब्लाेदानमा आबद्ध पदाधिकारी तथा सदस्यहरू लगायत विभिन्न विद्यालयका शिक्षक ,विद्यार्थीहरू सुरक्षाकर्मी पत्रकारहरूकाे सहभागी रहेकाे थियाे।

साप्ताहिक कार्यक्रम अन्तर्गत भाेली जेठ २६ गते बिहीबार ११.०० बजे केन्द्रीय रक्तसञ्चार सेवा ताहाचलमा रक्तसञ्चार समस्या र समाधान सम्बन्धि विचार गाेष्ठी ,जेठ २७ गते शुक्रबार बिहान १०.३० बजे अन्नपूर्ण मा.वि. इनबहाल ज्यायामा विद्यालय स्तरीय उपत्यका व्यापी चित्रकला प्रतियोगिता ,२८ गते शनिबार बिहान ७.०० बजे चमती नर्सरी चाेक बाट रक्तदान जनचेतना साइकल य्राली, बिहान ९.०० बजे बनेपा पार्टी भेन्यु बनेपामा स्वयंसेवी ,रक्तदान महिलाको भुमिका विषयक अन्तरक्रिया ,बिहान १०.०० बजे मनमैजु मन्दिर परिसर तारकेश्वरमा सम्पदा क्षेत्र रक्तदान कार्यक्रम ,जेठ २९ गते आइतबार बिहान १०.३० बजे ह्रवाइटफिल्ड स्कुल खुसिवुमा विद्यालय स्तरीय उपत्यकाब्यापी वक्तृत्यकला प्रतियाेगिता र जेठ ३१ गते मंगलबार बिहान ११.०० बजे नेपा:बैड्क्वेट खुसिबु ढल्काेमा विश्व रक्तदान दिवस मुल समाराेह कार्यक्रम रहेकाे ब्लाेदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्काले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।
