शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

रामेछाप –काठमाडौं सम्पर्क मञ्च महिला विभागको तिज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

आईतवार २४ भाद्र, २०८० विचारवाटिका 2152


रामेछाप –काठमाडौं सम्पर्क मञ्च महिला विभागको तिज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

भदौ २४ काठमाडौं , नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्च महिला विभागद्वारा आयोजित तिज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।


 नेकपा एमालेको पोलिटब्युरो सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्य तथा महिला विभाग प्रमुख गिता श्रेष्ठको अध्यक्षतामा आयोजीत कार्यक्रममा सम्पर्क समन्वय ,बागमती प्रदेश कमिटी ,वागमती प्रदेश सम्पर्क कमिटी ,रामेछाप जिल्ला तथा पालिका कमिटी ,रामेछाप –काठमाडौं सम्पर्क मञ्च , क्षेत्रीय तथा पालिका सम्पर्क मञ्चका नेता ,कार्यकर्ता लगायत शुभचिन्तक हरूको छ सय भन्दा बढि तिज विशेष कार्यक्रम उपस्थिति रहेको थियो।


ए वान क्याफे एण्ड पार्टी भेन्यु सरस्वती नगरमा सम्पर्क मञ्चको उपसचिव अम्बिका बोहोरा (भण्डारी ) द्वारा संचालित कार्यक्रममा सम्पर्क मञ्चको सदस्य तथा स्वास्थ्य विभाग प्रमुख विद्या चौहानले स्वागत मन्तव्य र सम्पर्क मञ्चको उपाध्यक्ष लक्ष्मी न्यौपानेले शुभकामना मन्तव्य राख्नुका साथै चर्चित कलाकार सूर्यमणि आचार्य ,सविन चौहान लगायतले सांगेतिक प्रस्तुति दिएर कार्यक्रम लाई थप मनोरञ्जन गरायको थियो।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु