आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

देशलाई संकटको भुमरीबाट बचाँउनको लागि ओली नेतृत्वको सरकार चाहिन्छ:उपाध्यक्ष पौडेल

शुक्रबार २८ आश्विन, २०७९ विचारवाटिका 2014


देशलाई संकटको भुमरीबाट बचाँउनको लागि ओली नेतृत्वको सरकार चाहिन्छ:उपाध्यक्ष  पौडेल

असोज २८ काठमाडौं, आगामी मंसिर ४ गते हुने निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् ।

 रूपन्देही क्षेत्र नम्बर २ का उमेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले देशलाई संकटबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि हामीले आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने बताएका छन् । 
हिजो भएको रूपन्देही क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा उपाध्यक्ष  पौडेलले बोल्दै एमालेको विजयीलाई सुनिश्चित हुनेगरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उपाध्यक्ष  पौडेलले भने,“देशलाई संकटको भुमरीमा जानबाट जोगाउनका लागि, विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रा तय गर्नका लागि नेकपा (एमाले)को जित अपरिहार्य छ । एमालेको नेतृत्वमा हामीले पार्टीबाट संस्थागत निर्णय गरेर हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेका छौँ । कमरेड केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण गरेर अगाडि बढनुको कुनै विकल्प हामीसँग छैन ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु