मंगलवार ३ चैत्र, २०८२ (Tuesday March 17, 2026)

पार्टीमा काम गर्ने भनेको सेवाको लागि हो : गौतम 

मंगलवार १८ आश्विन, २०७९ विचारवाटिका 2272


पार्टीमा काम गर्ने भनेको सेवाको लागि हो : गौतम 

असोज ११ काठमाडौं,  निर्वाचनको लागि नेकपा (एमाले)ले ल्याएको नारा,‘ टिकट पाए जितेर देखाउँछु, नपाए जिताएर देखाउँछु ।’

 प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको टिकट पाउन नेताहरु दौड धूपमा हुनुहुन्छ । टिकट ग्यारेन्टी नभएका नेताहरू काठमाडौँ धाउँदै हुनुहुन्छ, टिकट पक्का जस्तै भएका नेताहरू मतदाताको बिचमा भोट माग्दै हुनहुन्छ । जे होस् नेताहरू टिकट आफ्नो पक्षमा पार्ने पूरै तयारीमा हुनुहुन्छ । 

रामेछापबाट निर्वाचित हुने एक जना प्रतिनिधि सभा सदस्यको लागि एमालेबाट पाँच जनाले उम्मेदवारी दाबी गर्नुहुने रत्न गौतमको पनि एक हो । पाँचै जना नेताहरूको आआफ्नै विशेषता रहेको छ । पाँचै जनाको पार्टीमा लामो योगदान र भूमिका छ । 

उम्मेदवारी दाबी गर्नेमा कमलप्रसाद चौलागाईँ, कैलाशप्रसाद ढुङ्गेल, माधव ढुङ्गेल, केशर बुढाथोकी, र रत्न गौतम हुनुहुन्छ ।  एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँ हुनुहुन्छ ।  भूमिगत कालदेखि राजनीति गर्दै आएका चौलागाईं पूर्व मन्त्री समेत हुनुहुन्छ ।

अर्का दाबेदार कैलाशप्रसाद ढुङ्गेल पनि पार्टी भूमिगत हुँदादेखि नै राजनीतिमा हुनहुन्छ । भूमिगत जीवनदेखि लगातार पार्टीमा काम गर्दै आउनुभएका ढुङ्गेल एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । जिविस सभापति हुँदा रामेछापमा विकासको जग बसाउनु भएका ढुङ्गेलले वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा जिल्लाको विकासमा खेल्नु भएको भूमिका प्रशंसनीय छ । 

तेस्रो दाबेदार एवंम्् विद्यार्थी राजनीतिबाट आएका माधव ढुङ्गेल, उहाँ एक युवा पुस्ताको उदयमान नेता हुनुहुन्छ । अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएपछि पार्टी राजनीतिमा आउनुभएका ढुङ्गेलले राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्ष भएर गरेको काम देश भित्र मात्र होइन देश बाहिर समेत चर्चा छ । 

केशर बुढाथोकी अर्का दाबेदार अनेरास्ववियु रामेछापका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । शालीन र भद्र स्वभावका बुढाथोकी निरन्तर पार्टीमा रहेर योगदान गर्नुभएका नेताको रूपमा परिचित समेत हुनुहुन्छ । 

तिनै आकांक्षी मध्येका एक रत्न गौतम पनि हुनुहुन्छ । नेकपा एमाले रामेछापको जिल्ला कमिटी सदस्य, १० नं इलाका कमिटी इन्चार्ज हुँदै गौतमले भूगोलमा बसेर पनि काम गर्नुभयो । उहाँ एमालेको आठौँ, नवौ र १० औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुनुभयो । 

 प्रदेश कमिटीको सल्लाहकार समेत भएर काम गर्नुभएका गौतम हाल बाग्मती प्रदेश कमिटी सदस्यमा हुनुहुन्छ । पार्टीलाई संकट परेको बेला काँध थापेरै लाग्ने र कार्यकर्ता तथा जिल्लाका सर्वसाधारणका हरेक समस्यामा सकेको सहयोग गर्ने पहिचान गौतमले बनाउनुभएको छ । त्यसैले रामेछापमा समस्या पर्दा सबैले सम्झने नाम हो रत्न गौतम । 

उनका अनुसार ‘पार्टीमा काम गर्ने भनेको सेवाको लागि हो । पार्टीमा लाग्ने भनेको दिनको लागि हो, लिन होइन’, गौतमको स्पष्ट धारणा छ, ‘विचार भएकाले विचार दिने हो, श्रममा जोडिएर केही कमाई गरेकाले पार्टी र कार्यकर्ता अप्ठेरोमा पर्दा सकेको सहयोग गर्ने हो, राजनीति सेवाको लागि हो, कम्युनिष्ट पार्टीका सबै कार्यकर्ता श्रमसँग जोडिनु पर्छ, सकेको, जानेको शारिरिक वा मानसिक श्रम सबैले गर्नु पर्छ, पार्टीलाई जसले जे जसरी सहयोग गर्न सकिन्छ ।

अहिले पनि आफू नै उम्मेदवार हुनुपर्छ भनेर नलागेको उहाँले बताउनुभयो । ‘ एमाले विरुद्ध अहिले देशी विदेशी सबै सक्ति लागेका छन्, त्यसैले टिकटमा विवाद गर्ने भन्दा पनि एमालेका उम्मेदवारलाई कसरी जिताउने भन्नेमा एमालेका सबै नेता कार्यकर्ता लाग्नु पर्छ ।
पार्टीको सम्पर्क मञ्च, जिल्ला वा निर्वाचनको बेलमा संकट पर्दा सम्झने नाम बनेको छ रत्न गौतम । ‘पार्टीलाई र मानव जीवनलाई अप्ठेरो पर्दा सकेको सहयोग सबैले गर्नु पर्छ, सबैले आआफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नुपर्छ, सबै जना लागियो भने जस्तोसुकै अप्ठेरोलाई पनि झेल्न सकिन्छ’, उहाँ भन्नुहुन्छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु