शुक्रबार १५ मंसिर, २०८० (Friday December 01, 2023)

राजनीतिक दलका लागि सरकारभन्दा महत्वपूर्ण जनता नै हो: केपी ओली

शनिबार २७ आश्विन, २०८० विचारवाटिका 1142


राजनीतिक दलका लागि सरकारभन्दा महत्वपूर्ण जनता नै हो: केपी ओली

असोज २७ काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलहरू मुलतः राष्ट्र निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

काठमाडौको गोकर्ण रिसोर्टमा आजबाट सुरु भएको एसियाली राजनीतिक दलहरूको अन्तराष्ट्रिय सम्मेलनको ४०औँ स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दे ओलीले  राजनीतिक दलले कार्यकारी शक्तिको मात्र अभ्यास गर्न नहुने बताए । 

 उनले भने, 'राजनीतिक दलका लागि सरकारभन्दा महत्वपूर्ण जनता नै हो ।  'राजनीतिक दलहरूले केवल कार्यकारी शक्तिको अभ्यास गर्न होइन, दीर्घकालिक राष्ट्रिय हितको रक्षा गर्न सक्षम, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्दछ’।

 सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवर्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने बताए ।  जलवायु सङ्कट, स्वास्थ्य, विपद् र द्वन्द्व समकालीन विश्वका लागि सबैभन्दा ठुलो चुनौती रहेको बताउँदै त्यसको समाधान गर्ने जिम्मेवारी पनि राजनीतिक दलहरूको भएको ओलीले प्रष्ट पारे । 




मतहरू

live dealer casinos

Your article is a perfect article without a hitch. Thank you. My site: live roullete


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु