शुक्रबार २९ जेष्ठ, २०८३
जेष्ठ २९ काठमाडौं, हरेक वर्ष जुन १२ मा विश्वभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ ।
बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्य विरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो ,बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि जुन १२लाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको थियाे ।
यस दिवसको उद्देश्य भनेकाे मुख्य गरि बाल श्रमको समस्याबारे जनचेतना फैलाउने,बालबालिकालाई शिक्षा, स्वास्थ्य र सुरक्षित बाल्यकालको अधिकार सुनिश्चित गर्ने र खतरनाक तथा शोषणपूर्ण काममा बालबालिकाको प्रयोग अन्त्य गर्ने ।