शुक्रबार १६ चैत्र, २०८० (Friday March 29, 2024)

सातौ रक्तदाता दिवस २०७८ भव्यताका साथ सम्पन्न

आईतवार २२ फाल्गुन, २०७८ विचारवाटिका 1856


सातौ रक्तदाता दिवस २०७८ भव्यताका साथ सम्पन्न

ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)ले फाल्गुन २२ गते ब्लोदानको स्थापना दिवस र प्रथम रक्तदाता प्रती समर्पित दिनका लागि नेपालका प्रथम रक्तदाता दयाविर सिह कंशाकार लगायत सम्पुर्ण अग्रज रक्तदाताहरुको सम्झनामा हरेक वर्ष मनाउदै आएको “राष्ट्रिय रक्तदाता दिवस” यो वर्ष सातौ रक्तदाता दिवस २०७८ क्षेत्रपाटी स्थित क्षेत्रपाटी पार्टी प्यालेस क्षेत्रपाटीमा एक समारोहका विच समापन गरेको छ ।

कार्यक्रम ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि काठमाण्डौं महानगरपालीकाका मेयर विद्या सुन्दर साक्य, विशेष अतिथि बागमति प्रदेश सभा सदस्य नरोत्तम बैद्य, ब्लोदानका संस्थापक तथा वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठ, वरिष्ठ सल्लाहकारहरु सुभास गोयल, निता घिराइया र लोक नारायण सुवेदी संस्थापकद्वय दिव्य मणि दिक्षित र सुवर्ण राज लम्साल, सल्लाहकारहरु भारती कसा, राजेन्द्र कुमार श्रेष्ठ सूर्यलाल महर्जन र सुभद्रा खड्का, अतिथिहरुमा टियु लायन्स ब्लड बैंक एण्ड रिसर्च सेन्टर का महासचिव अजय प्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवाका प्रमुद दिव्यराज पौडेल,कान्तीपुर रक्त संचार सेवाका प्रमुख टिकाराम मण्डल, प्रशुतीगृह रक्त संचारका प्रमुख परशुराम दाहाल, हिमाल रक्त संचार सेवा र  नेरेसो ललितपुर रक्त संचार सेवा र नेरेसो भक्तपुर रक्त संचार सेवा का प्रतिनिधीहरु त्यस्तै काठमाण्डौ,ललितपुर,भक्तपुर र काभ्रे ब्लोदानका क्रमश जनक कुमार खड्का,साधुराम महर्जन, शिव कुमार त्वायना, गणेश कुमार रंजित र आर एच नेगेटीभका प्रमुख जीवन बस्नेत, नेपाल साइक्लीङ्ग एशोसियसन का अध्यक्ष छिमी उर्गेन गुरुङ्ग लगायत अन्य पदाधीकारी र रक्तदानका क्षेत्रमा उल्लेख्य योगदान गर्ने रक्तदाताका साथै रक्तदान गर्ने संस्थाहरुको उपस्थीति रहेको थियो ।

उपस्थित प्रमुख अतिथि र विशेष अतिथिलाइ खादा र मायाको चिनो प्रदान गरीएको थियो भने उद्घाटन विशेष अतिथि द्वारा पानसमा बत्तीबाली गरीएको थियो ।

कार्यक्रम संचालन महासचिव केशव महर्जनले गर्नु भएको थियो । भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष राजेश श्रेष्ठले गर्नु भएको थियो । उहाले ब्लोदानको इतिहास बारे जानकारी दिनु हुदै स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका सभापती सानुबाबु प्रजापतिले ब्लोदानले विगत देखी वर्तमान सम्म गरी आएका र आगामी दिनमा रक्तदानका क्षेत्रमा ब्लोदानले खेल्नु पर्ने भुमिकाका बारेमा बताउनु भयो ।

त्यस्तै अतिथि नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा का प्रमुख दिव्यराज पौडेलले ब्लोदानले रक्तदाताहरुलाइ रक्तदान गर्नकालागी सहजीकरण गरी देशमा रगत अभाव हुन नदिन गरेको प्रयासको सरहाना गर्नु भयो । साथै उहाले देशमा इमान्दारीताको प्रश्न उठीरहेको बेलामा रक्तदाताहरुलाइ पनि इमान्दार भएर रक्तदान गर्न अपील गर्नु भयो । यसै क्रममा सबै रक्तदाताहरुले स्वच्छ आहारा पश्चात गरेको रक्तदान विरामीहरुकालागी महत्वपुर्ण हुने जानकारी दिनु भयो । हाल देशमा उठीरहेको निशुल्क गरेको रक्तदान विरामीहरुले विना स्वत भर्ना सहुलियतमा पाउनु पर्छ भन्ने मान्यतामा आफु ब्लोदान संगै उभिएको र सम्बन्धित निकाय संग पहल गरी रहेको जानकारी समेत दिनु भयो । साथै उहाले सरकार तथा सम्बन्धित निकायप्रति ब्लोदान तथा रक्तदानका क्षेत्रमा संघीय सरकारका आखाबाट संघिय दृष्ट्रिकोण राखेर हेर्नु पर्ने बताउनु भयो ।

त्यस्तै आजको कार्यक्रममा परोपकार संस्थाका अध्यक्ष हितकर विर सिं कंशाकारले नेपाल रेडक्रस सोसाइटीले हाल सम्म पनि ब्लोदानलाइ सहयोगी संस्थाको रुपमा नहेरेकोमा चिन्ता व्यक्त गर्नु भयो । यदि हाल सम्मको बुझाइ गलत भए उचित स्थान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा निर्धारित समय भन्दा ढिलो आइ पुग्नु भएका प्रमुख अतिथि काठमाण्डौं महानगरपालीकाका मेयर विध्या सुन्दर शाक्यले अहिले सम्म आफु पनि नियमित रक्तदाता भएको हुनाले रक्तदाता र विरामीको भावना अनुसार सम्बन्धित संघ संस्था लगायत निकाय संग रक्तदानका क्षेत्रमा पुर्णरुपमा सहयोग गर्ने बताउनु भयो । र उहालाइ ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

सोही कार्यक्रममा बाग्मती प्रदेशका सभासद नरोत्तम बैध्यले विरामीहरुका लागी विना स्वतभर्ना रगत उपलब्ध गराउन सदैव लागी रहने बताउनु भयो ।

त्यस्तै  सल्लाहकार द्वय सूर्यकुमारी श्रेष्ठ र सुवर्ण राज लम्सालले सबै रक्तदाताहरुको साझा संस्था ब्लोदान भएकोले ब्लोदानका हरेक कार्यक्रमहरुमा सहभागीता जनाउनु पर्ने बताउनु भयो ।

टियु लायन्स ब्लड बैंक एण्ड रिसर्च सेन्टर का महासचिव अजय प्रसाद खनालले ब्लोदानका हरेक कार्यक्रमहरुलाइ लायन्स ले साथ दिइरहेको र आगामी दिनमा अझ बढी सहकार्य गरी रक्तदानका कार्यक्रमहरु गरी रहने बताउनु भयो 

त्यस्तै ब्लोदानका आह्वानमा रक्तदान गर्ने संघ संस्थाहरुलाइ सम्मान गरीनुका साथै विगतका वर्षहरुदेखी नियमित रुपमा ब्लोदानको आह्वानमा रक्तदान गर्दै आएको पशुपति मारवाडी सेवा समिति लाइ २०६४ साल देखि हाल सम्म २००० वटा शिविर संचालन गरी करिव ६०००० यूनिट रगत संकलन गरेको, त्यस्तै सिभिल बैंकलाइ एकै दिनमा आफ्नो उपत्यकाका १८ वटा शाखाहरुमा रक्तदान शिविर सञ्चालन गरेको साथै ब्लोदानका संस्थापक तथा सल्लाहकार सुर्यकुमारी श्रेष्ठलाइ ब्लोदानमा रु १०१०००÷– अक्षेरुपी रु एकलाख एक हजार रुपैयाको कोष खडा गरी सो कोषको रकमबाट आर्जित व्याजबाट रक्तदानका क्षेत्रमा महिला रक्तदाताहरुलाइ उत्पेरणा जगाउनका लागी खर्च गर्ने गरी रकम ब्लोदानलाइ अगाडी बढाउनमा मध्दत गरेकोमा सम्मान गरीएको थियो । त्यस्तै ब्लोदानले स्थापना गरेको ब्लड फण्डमा आर्थिक सहयोग गर्नुहुने उपाध्यक्ष राजेश श्रेष्ठ र केन्द्रिय सदस्य श्यामकृष्ण श्रेष्ठलाइ पनि सम्मान गरीएको थियो ।

रक्तदाता दिवस २०७८ को कार्यक्रममा रक्तदाता अर्जुन मैनालीको पुस्तक “रक्तदान”  प्रमुख अतिथि तथा विशेष अतिथी लगायत आसन्न अतिथिहरुबाट सामुहिक रुपमा विमोचन गरीएको थियो भने उक्त पुस्तकको एउटा खण्डको कविता बाचन साहित्यकार सुदेश सत्यालबाट गरीएको थियो ।

कार्यक्रमको अन्तमा ब्लोदानका उपाध्यक्ष उज्वल केसीले धन्यवाद ज्ञापन गर्नु हुदै फागुन २२ गते नै किन राष्ट्रिय रक्तदाता दिवस मनाउने गरेको भन्ने बारे प्रकाश पार्नु भयो ।
समचार श्राेत:रवि रिमाल, ब्लड डाेनर्स एसाेसियसन नेपाल (ब्लाेदान) केन्द्रीय सदस्य




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु