सोमबार ५ फाल्गुन, २०८१ (Monday February 17, 2025)

देउरालीकाे २६ औं वार्षिक साधारणसभा सम्पन्न ।

आईतवार ७ पुष, २०८१ डि.बि.श्रेष्ठ 1403


देउरालीकाे २६ औं वार्षिक साधारणसभा सम्पन्न ।

पूष ७ काठमाडौं , देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारणसभा सहकारीका अध्यक्ष रक्ष बहादुर रैका मगरकाे अध्यक्षता ,सचिव दुर्गा बहादुर आच्छामी मगरकाे सञ्चालन तथा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री  प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ ।

 


  सामाजिक बिकास भवन अनामनगरमा आयाेजना गरेकाे  वार्षिक साधारणसभामा बिशेश अतिथिकाे रूपमा बागमती प्रदेशका पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठ  उपस्थित हुनुभएको थियाे भने अतिथिहरूमा जेष्ठ सदस्य गुण बहादुर थापा मगर, वित्तीय विशेषज्ञ महेन्द्र कर्माचार्य ,वरिष्ठ अधिवक्ता रमेश कुमार राेक्का, हरिस्चन्द्र सुवेदी , प्राध्यापक लक्ष्मण रेग्मी ,समाजिक बिकास समाजका अध्यक्ष ओम प्रसाद उप्रेती ,लगायत संस्थाका पूर्व अध्यक्ष ,सल्लाहकार सदस्यहरू अतिथि रहनु भएकाे  थियाे ।

 


  वार्षिक साधारणसभामा काेषाध्यक्ष ईश्वर श्रेष्ठले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन र अध्यक्ष रक्ष बहादुर रैका मगरले प्रस्तुत गरेकाे वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रति केही सुझाव सहित शेयर सदस्यहरूले पास गरेकाे थियाे ।


 वार्षिक साधारणसभामा प्रमुख अतिथि प्रदेश मन्त्री  प्रकाश श्रेष्ठ , बिशेश अतिथि  प्रदेश पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठ तथा अतिथिहरू महेन्द्र कर्माचार्य , रमेशकुमार राेक्का, हरिस्चन्द्र सुवेदी ,ओम प्रकाश उप्रेती , गुरु भक्त निराैला, शेर बहादुर रैका मगर , यक्ष बहादुर दर्लामी लगायतले सहकारीले अहिलेकाे जटिल परिस्थितिमा पनि राम्रो प्रगति गरिरहेकाेमा बधाई दिदै आउदा दिनहरूमा पनि अझै उन्नति प्रगतिकाे लागि शुभकामना दिनुभएको थियाे , वाषिर्क साधारणसभामा संस्थाले जेष्ठ सदस्य गुण बहादुर मगर र असल ऋणी कमला कुमारी मगरलाई सम्मान समेत गरेकाे थियाे।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु