मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

गाेठगाउँ सराेकार समाज द्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा भित्तेपात्राे लाेकार्पण कार्यक्रम सम्पन्न ।

आईतवार ३० चैत्र, २०८१ डि बि श्रेष्ठ 1528


गाेठगाउँ सराेकार समाज द्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा भित्तेपात्राे लाेकार्पण कार्यक्रम सम्पन्न  ।

चैत ३१ काठमाडौं , गाेठगाउँ सराेकार समाज द्वारा नयाँ वर्ष २०८२ सालकाे शुभकामना आदानप्रदान , संस्था द्वारा प्रकाशित भित्तेपात्राे लाेकार्पण तथा आजीवन सदस्यहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

  संस्थाका अध्यक्ष संजय कुमार थापाकाे अध्यक्षता ,सचिव मीन बहादुर श्रेष्ठको सञ्चालन , उपस्थिति आजीवन सदस्यहरू मध्य  जेष्ट आजीवन सदस्य नीर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ (दिलिप) समाजसेवी अर्जुनलाल श्रेष्ठ , संस्थाका आजीवन सदस्य तथा समाजसेवी पदम कुमार कार्कीको आतिथ्यता तथा आजीवन सदस्यहरूकाे उपस्थितिमा सम्राट पार्टी प्यालेस नयाँ बजारमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

  कार्यक्रममा प्रमुख अतिथि ,अतिथिहरूले नयाँ वर्षकाे शुभकामना दिनुकाे साथै गाेठगाउँ सराेकार समाजले जेगरि रहेकाे छ, राम्राे गरिरहेकाे छ  अझै सबैलाई समेटेर गाेठगाउँ- गाेठपानीकाे हकहितको लागि अघि बढ्न सुझाव समेत दिनु भयाे , उपस्थिति आजीवन सदस्यहरूले नयाँ वर्षकाे शुभकामना दिदै सराेकार समाजले सामाजिक काम सगै गाउँ ठाउँकाे समस्याहरूकाे पनि कुरा उठाईदिनु अनुराेध गर्नुभयाे ।
कार्यक्रम नयाँ बन्ने आजीवन सदस्यहरू प्रमाणपत्र सहित सम्मान गर्नुकाे साथै सधाकाे जस्तै याे वर्ष पनि गाेठगाउँ - गाेठपानीमा एक घर एक भित्तेपात्राे छिटै पुर्याउने सराेकार समाजकाे सचिव मीन  बहादुर श्रेष्ठले जानकारी गराउनु भयाे ।

      तस्बिर :- खिल बहादुर श्रेष्ठ ,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु