सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

रामेछाप - काठमाडौं सम्पर्क मञ्चको पाचौं पूर्ण बैठक सम्पन्न ,बैठक द्वारा कार्तिक १६ गते सामुहिक द्याैसी भैलाे खेल्ने निर्णय ।

शनिबार १० कार्तिक, २०८१ डिबि श्रेष्ठ 2130


रामेछाप - काठमाडौं सम्पर्क मञ्चको पाचौं पूर्ण बैठक सम्पन्न ,बैठक द्वारा कार्तिक १६ गते सामुहिक  द्याैसी भैलाे खेल्ने निर्णय ।

कार्तिक १० काठमाडौं , नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको पाँचौ पूर्ण बैठक सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रवीन्द्र ) काे अध्यक्षता ,सचिव निराजन तिमल्सेनाकाे सञ्चालन तथा नेकपा (एमाले ) केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीको इन्चार्ज सरस्वती बस्नेतकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ ।


   पाँचौ पूर्ण बैठकमा सम्पर्क मञ्च द्वारा बडा दशैकाे उपलक्ष्यमा आयाेजित उपहार कार्यक्रमकाे समिक्षा ,मंसिर महिना भित्र क्षेत्रीय सम्पर्क मञ्च र बाकी रहेकाे वडा सम्पर्क मञ्चहरूकाे सम्मेलन गरि सक्न निर्देशन दिदै रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा कार्तिक १६ गते शुक्रबार गाई तिहारकाे दिन सम्राट दरबार जडिबुटीमा शुभ तिहारकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सामुहिक द्याैैसी भैलाे कार्यक्रमकाे आयाेजना गर्ने  सम्पर्क मञ्चको उपसचिव / साँस्कृतिक तथा रचनात्मक विभागका संयाेजक सरस्वती केसीकाे संयोजकत्वमा उपसमिति गठन गरि  सामुहिक द्याैसी भैलाे कार्यक्रम लाई भव्य रूपमा सम्पन्न गर्न उपसमिति लगायत सम्पर्क मञ्चको टिमनै तयारीमा  लाग्ने निर्णय भएकाे  रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रचारप्रसार विभागले जानकारी गराएकाे छ। 


पाँचौ पूर्बैण बैठककाे अतिथिमा  सम्पर्क समन्वय कमिटीको सदस्य तथा रामेछाप - काठमाडौं  सम्पर्क मञ्चको इन्चार्ज माेहन केसी लगायत विभागीय सदस्यहरू ,बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशाेक कुमार ठकुरी लगायत सदस्यहरू र रामेछाप जिल्ला कमिटी उपसचिव मखमलि श्रेष्ठ उपस्थिति हुनुभएको थियाे । 

 




मतहरू

mooskat

Ik had precies hetzelfde probleem met mijn laptop na de laatste Windows update, hij bleef maar vastlopen. Uiteindelijk heb ik het kunnen oplossen door de oude driver terug te zetten via het configuratiescherm. Na zo'n middag stressen achter de computer was het tijd voor wat ontspanning, dus heb ik de voetbalwedstrijd aangezet en een klein risico genomen met een gokje. Ik keek even op amonbet casino voor de leukste opties.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु