मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

कांग्रेस पदाधिकारी आज बैठक बस्दै

शनिबार ९ श्रावण, २०७८ विचारवाटिका 2110


कांग्रेस पदाधिकारी आज बैठक बस्दै

साउन ९, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी आज बैठक बस्दैछ । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज शनिबार शीर्ष नेतासहित पदाधिकारी बैठक बस्न लागेको हो । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताए । शुक्रबारदेखि जारी बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे नेताहरुबीच छलफल भएपनि ठोस मिति भने तय भइसकेको छैन । अब काँग्रेसको वडा तहको अधिवेशन साउन अन्तिममा गर्नेगरी सार्ने तयारी गरिएको छ । 

कांग्रेसलाई भदौभित्र महाधिवेशन गर्नै पर्ने कानूनी बाध्यता छ । विधानत चार वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि कांग्रेसले थप एक वर्ष कार्यकाल थपेको थियो । पाँच वर्षमा केन्द्रीय प्रदेश तहका पदाधिकारीको निर्वाचन गर्नैपर्ने कानूनी व्यवस्था छ । तर कुनै कारणले पाँच वर्षमा निर्वाचन गर्न सम्भव नभए राजनीतिक दलसम्बन्धी ऐनले थप ६ महीनाको सुविधा दिएको छ ।




मतहरू

Ang Digital Entertainments Secret Weapon: Promosyon

Your article is a perfect article without a hitch. Thank you. My site: The Allure of Promotions


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु