शनिबार ६ कार्तिक, २०७८ (Saturday October 23, 2021)

बालुवाटारमा एमाले बैठक शुरु

शुक्रबार १८ असार, २०७८ विचारवाटिका 1460


बालुवाटारमा एमाले बैठक शुरु

असार १८, काठमडौं । बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो ।  

बरिष्ठ नेता माधवकुमार नेपाल समूह आजको बैठकमा पनि अनुपस्थित भएको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी छन् । 

माधव नेपाल समूहका नेताहरु गोकणर् विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । यो बैठक माधव समूहले रोक्न आग्रह गरेको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु