मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

आज मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार ११ श्रावण, २०७८ विचारवाटिका 2148


आज मन्त्रिपरिषद् बैठक बस्दै

श्रावण ११ ,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने जनाइएको छ । हिजो मात्रै प्रधानमन्त्री देउवाले सांसद उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए। 

प्रधानमन्त्री बनेको दुई सातापछि देउवाले राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । पाँचदलीय गठबन्धनभित्र मन्त्रीको बाँडफाँट नमिल्दा मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको हो।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमाले माधवपक्षलाई सरकारमा समेट्ने तयारी गरेपनि नेपाल समूहले ठोस निर्णय नगर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भईरहेको हो ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु