बिहीबार २४ बैशाख, २०८३ (Thursday May 07, 2026)

माओवादी केन्द्रको स्थायी कमिटी बैठक कमलादीमा जारी

शुक्रबार १६ पुष, २०७८ विचारवाटिका 2588


माओवादी केन्द्रको स्थायी कमिटी बैठक कमलादीमा जारी

पुस १६, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ । माओवादीको बैठक प्रज्ञा भवन कमलादीमा जारी भईरहेको छ । 

बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।

आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिने भएका छन् ।

अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदनहरु संशोधनसहित पारित गर्ने र नेतृत्व चयन प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु