शुक्रबार १६ पुष, २०७८
पुस १६, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ । माओवादीको बैठक प्रज्ञा भवन कमलादीमा जारी भईरहेको छ ।
बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।
आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिने भएका छन् ।
अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदनहरु संशोधनसहित पारित गर्ने र नेतृत्व चयन प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।