शुक्रबार १६ चैत्र, २०८० (Friday March 29, 2024)

लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो बस्दै

बिहीबार ११ कार्तिक, २०७८ विचारवाटिका 1930


लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो बस्दै

कात्तिक ११, लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो बस्दैछ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को विरोधकै बीच बैठक दिउँसो एक बजे बोलाइएको छ ।

आजको सम्भावित कार्यसूचीमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माबाट सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

त्यस्तै वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भई निर्णयार्थ पेस हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले बताए ।

प्रमुख विपक्षी दल एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले भने आफ्नो माग सम्बोधन नभएको कारणले आजको बैठक पनि अवरुद्ध गर्ने बताएका छन् ।

एमालेले तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु