मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै

बिहीबार १४ आश्विन, २०७८ विचारवाटिका 1961


बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै

असोज १४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । बैठक आज बिहान १० बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
बैठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल हुनेछ ।
बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको सचिवालयले बताए ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बोलाइएको छ भने त्यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । यसअघिका बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले लगातार अवरोध गरेका थिए ।

संसदको अवरोधबारे सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास निस्किन नसकेपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् ।

सभामुख सापकोटाले बोलाएको बैठकमा त प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी नै भएका थिएनन् ।  प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा भने पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली जाने नजाने टुंगो छैन ।




मतहरू

blind date with a crackhead propecia original

buy propecia online without prescription Isolated from a large forward genetic screen, the zebrafish mutant sauternes sau has a defect in hemoglobin production


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु