आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

बुधबार १० कार्तिक, २०७८ विचारवाटिका 1147


प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

कार्तिक १०, काठमाडौं । बागमती प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक आज बस्दैछ । 
आज दिउँसो बस्ने बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने  प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकका लागि सबै तयारी पूरा भईसकेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताएका छन् । सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ भने आवश्यक कर्मचारीसमेत खटाइएको छ । 
मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफुलाई विश्वासको मत दिन आग्रह गरे ।

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् । 

प्रदेशसभा बैठक बस्नुअघि कार्य परामर्श समितिको बैठक बस्ने उनले बताए । कार्यपरामर्श समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ। बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन्। सत्तापक्ष नेकपा (एमाले)का ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपाका दुई÷दुई तथा जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन्।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु