बिहीबार ११ बैशाख, २०८२ (Thursday April 24, 2025)

प्रतिनिधिसभाको बैठक अवरोध हटाउने विषयमा छलफल हुँदै

आईतवार २७ भाद्र, २०७८ विचारवाटिका 2027


प्रतिनिधिसभाको बैठक अवरोध हटाउने विषयमा छलफल हुँदै

भदौ २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पटकपटक संसद बैठक अवरुद्ध गरेपछि अवरोध हटाउनका लागि छलफल शुरु भएको छ । 

छलफलमा सभामुख अग्निप्रसाद सापकोटा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमाले सांसद खगराज अधिकारी, चन्दा चौधरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।


एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा लगातार संसद अवरोध गर्दै आएको हो ।

आइतबार पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नेबित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरेका छन् । करिब २० मिनेट विपक्षी सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु