बिहीबार ६ माघ, २०७८
माघ ६, काठमाडौं । स्थानीय तहको निर्वाचन मिति लगायतनका विषयमा छलफल गर्न समन्वय समितिको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवासमा आज अपराह्न चार बजे बैठक बस्ने समन्वय समितिकी सदस्य एंवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
आज बस्न लागिएको बैठकमा वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तहको निर्वाचन गर्ने प्रचण्डको प्रस्तावबारे छलफल हुने र सरकारलाई निर्वाचन मितिबारे सुझाव दिने अनुमान गरिएको छ । जनमोर्चाकी उपाध्यक्ष पौडेलले संसदीय र स्थानीय तहको निर्वाचन मितिबारे आएको प्रस्तावबारे बैठकमा छलफल हुने जानकारी दिइन् ।
निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । तर सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन ।