शनिबार २४ कार्तिक, २०८१
कार्तिक २४ काठमाडौं , लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.काे पन्ध्रौं वार्षिक साधारणसभा सम्राट दरबार जडिबुटीमा सम्पन्न भएकाे छ ।
सहकारीको अध्यक्ष नीर बहादुर श्रेष्ठको अध्यक्षतामा तथा सचिव मीन बहादुर श्रेष्ठको सञ्चालनमा बहुमत शेयर सदस्यहरूकाे उपस्थितिमा आयाेजना गरिएकाे साधारणसभामा उपाध्यक्ष दिल बहादुर श्रेष्ठले स्वागत मन्तव्य , अध्यक्ष नीर बहादुर श्रेष्ठले वार्षिक प्रगति तथा वार्षिक कार्ययोजना प्रतिवेदन ,काेषाध्यक्ष धुर्व कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन ,ऋण उपसमिति सदस्य प्रविन श्रेष्ठले ऋण प्रतिवेदन र लेखा समिति संयाेजक बलराम कडरियाले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।
वार्षिक साधारणसभामा उपस्थित शेयर सदस्यहरू लाई वार्षिक साधारणसभाका सञ्चालक मीन बहादुर श्रेष्ठले साधारणसभामा प्रस्तुत भएकाे चार प्रतिवेदन माथि केही टीका टिप्पणी भए सुझाव दिनु र नभए तालि बजायर पास गर्न गरेकाे प्रस्ताव लाई सर्व सहमतले पास गरेकाे थियाे ।