सोमबार १७ माघ, २०७८
नर्सहरुले पेशागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना गरेको थियो ।
नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ । आजको दिन यो क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्दै आएका छन् । त्यसै गरि शुभेक्षा ईन्टरनेशनल हस्पिटल,सीतापाईलाले पनि आफ्नो अस्पतालमा कार्यरत सम्पुर्ण नर्सहरुको बिच ६० औ नेपाल नर्सिङ दिवस छोटो कार्यक्रम गरि मनाएको छ ।
कार्यक्रममालाई सम्बोधन गर्दै अस्पतालको सि ई यो, डा. होम प्रसाद अधिकारी ,अर्थोपेडिक्स सर्जन डा.रुपेश कुमार बैध,मेडिकल डाईरेक्टर डा. दीपक सुन्दर श्रेष्ठ साथै नर्सिङ डाईरेक्टर श्रीया के.सि ले छोटो मन्तव्य राख्नु भएको थियो ।
मन्तव्य कै क्रममा नर्सिङ डाईरेक्टर भन्नुहुन्छ – उपचारको क्रममा आउने बिरामी र बिरामीको आफन्तले तपाईं – हाम्रो नाम बिर्सन सक्छन् तर काम र तपाईंको व्यबहार,मुस्कान ,बोली बिर्सन सक्दैनन् तसर्थः त्यो बोलि ,व्यबहार नै हामी नर्सहरुले दिने पहिलो उपहार हो र उहाँहरुले दिने धन्यवाद नै हाम्रो लागि ठुलो स्याबासी सहितको उपलब्धी हो ।
कोरोनाको यो समयमा उपचारमा खटिने सम्पूर्ण नर्सहरुको काम को उच्च मुल्यांकन गर्दै आगामी दिनमा अझै आफ्नो पेशामा दृड भएर लाग्नुपर्ने नर्सहरु अस्पतालको मेरुदण्ड भएको संज्ञा डा.अधिकारी र बैधले दिनुभयो । त्यस्तै डा. दीपकले आजको कार्यक्रम बिशेष नर्सहरु प्रति समर्पित भएकोले नर्सिङ डाईरेक्टर बाट केक काटी कार्यक्रम समापन गरिएको थियो ।
समाचार स्रोत / तस्विर : पदम कुमार श्रेष्ठ