आईतवार ७ असार, २०८३ (Sunday June 21, 2026)

४७ औँ पुष्पलाल स्मृति दिवस तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न।

बिहीबार ८ श्रावण, २०८२ Bichar Batika 1488


४७ औँ पुष्पलाल स्मृति दिवस तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न।

साउन ८ रामेछाप, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा रामेछापको भंगेरीमा विविध जनवादी सांस्कृतिक कार्यक्रमसहित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

नेकपा (एमाले) जिल्ला कमिटी रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रदेश समितिको आयोजनामा तथा नेकपा (एमाले) रामेछाप नगर कमिटीको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियाे ।

कार्यक्रम नेकपा (एमाले) रामेछाप जिल्ला अध्यक्ष पुरुषोत्तम कडेरियाको अध्यक्षतामा, पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इञ्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रीय सदस्य  माधव ढुंगेल, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय अध्यक्ष भूमिका सुब्बा, प्रदेश कमिटीका नेताहरू, जनसांस्कृतिक महासंघका नेता प्रतिनिधिहरू, विभिन्न तहका पार्टी नेता–कार्यकर्ता, जनसंगठनको नेता–कार्यकर्ता, कलाकार, पत्रकार, सामाजिक अगुवाहरू तथा स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम पुष्पलालकाे  जन्मस्थान भंगेरीमा अबस्थित पुष्पलाल पार्कमा रहेकाे गंगालाल र पुष्पलालकाे शालिकमा  माल्यार्पण गरी संस्थापक महासचिव प्रति स्मरण गरियकाे थियाे भने  साथै औपचारिक समारोह सभाहलमा गरिएको थियो, कार्यक्रममा पशुपालन कृषि उद्यमी उमेश विक्रम थापा र कृषि फलफुल नर्सरी उद्यमी राम बहादुर साही दुबैजनालाई नगद प्रोत्साहनसहित सम्मान गरिएको छ।

कार्यक्रममा पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै, कम्युनिष्ट पार्टी ,देशमा समाजवाद उन्मुख जनताको पार्टी निर्माणमा पुष्पलालकाे  भूमिकालाई स्मरण गरिएको थियो। विविध जनवादी सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रम व्यवस्थित ,भव्य र सभ्य रूपमा सम्पन्न भएकाे रामेछाप जिल्ला कमिटी सदस्य / प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु गराउनु भयाे ।

            तस्बिर :- राकेश  श्रेष्ठ  




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु