शुक्रबार २९ जेष्ठ, २०८३
जेष्ठ २९ काभ्रेपलाञ्चोक , बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बिपि राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटना भएकाे छ ।

दुर्घटनामा परी ७ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ,र १५ जना घाईते भएकाे र घाइतेहरूकाे उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टले जानकारी दिनुभयाे ।

डीएसपी बिष्टले दिनुभएको जानकारी अनुसार मृतकहरूको पहिचान तथा दुर्घटनाको यकिन कारण खुल्न बाँकी रहेको र हाल घटनास्थलमा उद्धार कार्य जारी छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।