आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमबारे राम्राेसँग जानकारी दिएर मात्र लाइसेन्स दिनु पर्छ :- मन्त्री चाैधरी,

शनिबार १९ जेष्ठ, २०८१ विचारवाटिका 1876


दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमबारे राम्राेसँग जानकारी दिएर मात्र लाइसेन्स दिनु पर्छ :- मन्त्री चाैधरी,

जेठ १९ भक्तपुर , महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चाैधरीले बढ्दाे सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दानै ट्राफिक नियमकाे बारेमा चालकलाई राम्रोसँग सचेत गराएर मात्र लाइसेन्स दिनु पर्ने बताउनु भएकाे छ ।


   सामुदायिक बिकाश तथा सेवा केन्द्र ,सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरकाे २० औं  स्थापना दिवस एवम् सामुदायिक दर्पण स्मारिका विमाेचन कार्यक्रम लाई सम्वाेधन गर्दै मन्त्री चाैधरीले सवारी दुर्घटनालाई कम गर्नकाे निम्ति लाइसेन्स दिदानै उनीहरूलाई ट्राफिक नियमकाे बिषयमा धेरैनै  प्रशिक्षित गर्न आवश्यक छ, काहाँ कसरी चलाउने ,कति छेउसम्म जाने कुन तर्फबाट क्रस गर्ने ,ओभरटेक कुन ठाउँमा कसरी गर्ने भन्ने बिषयमा एकदमै कन्ट्रोल गर्न आवश्यक रहेकाे मन्त्री चाैधरीले बताउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु