शनिबार ३ बैशाख, २०७९
बैशाख ३ काठमाडौं, यहि ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले)ले कार्यदल गठन गरेको छ । जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा आज जिल्ला सचिवालय कमिटीको बैठकमा उम्मेदवार चयन गर्न गठन गरेको हो ।
कार्यदलमा सहइन्चार्ज उषाकला राई, जिल्ला अध्यक्ष रामप्रसाद दंगाल लगायत पदाधिकारी रहेका एक नेताले जानकारी दिए । गएको २०७४ को निर्वाचनमा खोटाङको १० मध्ये एमालेले ५ स्थानीय तह जितेको थियो ।