आईतवार २५ बैशाख, २०७९
बैशाख २५ काठमाडौं, स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै काठमाडौंमा यहि २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरण गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै बैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन आग्रह गरेको छ । ३० बैशाखमा स्थानीय तहको निर्वाचनको दिन तोकिएको छ ।