बिहीबार ११ बैशाख, २०८२ (Thursday April 24, 2025)

सहयोग गर्न अनुरोध गर्दै हायु परिवार 

मंगलवार ८ चैत्र, २०७८ विचारवाटिका 2328


सहयोग गर्न अनुरोध गर्दै हायु परिवार 

चैत ८ काठमाडौं ,रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर मुगान निवासी चित्र बहादुर हायुको नातिनी ,बिष्णु बहादुर हायुको छोरी वर्ष २१ को कल्पना हायु बाथरोग सगै मुटु र मिर्गौलामा समेत समस्या देखिएर शरीरमा रक्त संचारमा समस्या आएपछि केहिदिन अघिदेखि वीर अस्पतालमा उपचार गराइ रहेको छ ।

 उपचारको क्रममा धेरै खर्च भैसकेको र आर्थिक रूपमा हायु परिवार पनि अलि कमजोर रहेको थाहा पाएपछि नेकपा (एमाले) सुकाजोर वडा कमिटीको पहलमा वडा कमिटी ,नगर कमिटी र जिल्ला कमिटीको समेत सहयोगमा संकलन गरिएको नगद रू.१५०००!– (पन्द्र हजार) साँघुटार –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन महत र सुकाजोर –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष सन्जिव आलेमगरले समेत गरि जम्मा एक मुस्ट रकम रू १८०००!– (अठार हजार)आज वीर अस्पतालमा पुगि रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठ ,साँघुटार–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन महतको उपस्थितिमा सुकाजोर –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष सन्जिव आलेमगरले बिरामी कल्पना हायुलाई हस्तान्तरण गर्नु भएको छ ।

 वडा सम्पर्क मञ्चको अध्यक्ष महत र आलेमगरको पहलमा बिरामीको अबस्था बुझि सम्बन्धित वडा कार्यालय बाट सिफारिस मगाई अस्पतालमा केही छुटको समेत व्यवस्था मिलाई दिनुभएकोले हामीलाई धेरै राहात मिलेको बिरामीको बहिनी पार्वती हायुले विचार वाटिकालाई जानकारी गराय।

 हायु परिवारले दिएको जानकारी अनुसार अझै केही टेस्ट गर्न बिदेशमा समेत पठाउनु पर्ने देखिएपछि खर्च धेरै लाग्ने र बाबाले पनि बिरामी दिदिको लागि धेरै ऋण लिइ सक्नु भएकोले तपाईहरू शीत सो – ईच्छाले सकेको सहयोग गरि आफ्नो बिरामी दिदिको ज्यान बचाई दिन अनुरोध गर्दै आवश्यकता महशुस भए ९८६२२२३५२८ सम्पर्क गरी बिरामीको अबस्था समेत  बुझ्न सक्नुहुने बिरामीको बहिनि पार्वती हायुले जानकारी गराए।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु