मंगलवार १० श्रावण, २०७९
साउन १० रामेछाप, नेकपा (एमाले) रामेछापले पार्टी कार्यालय बनाउन सहयोग गर्न आह्वन गरेको छ । रामेछापले भवन निर्माणको लागि आवश्यक बजेट नभएको उल्लेख गर्दै सहयोग गर्न आम पार्टीका सदस्यहरुलाई सार्वजनिक आह्वन गरेको हो ।
गत शुक्रबार र शनिबार मन्थलीमा बसेको पार्टीको चौथौ बैठकले भवन निर्माण अगाडि बढेको र सहयोग गर्न आह्वन गरेको उल्लेख गरेको छ ।
पार्टीका उपसचिव प्रकाश कार्कीको अनुसार मन्थली स्थित आकाशेमा सुविधा सम्पन्न पार्टी कार्यालय निर्माण गर्ने निर्णयसहित निर्माणको काम अगाडि बढेको तर, लागत अभाव हुदाँ सहयोगको आह्वन गरिएको जानकारी दिएका छन् । ‘भवन निर्माणको काम सुरु भएको छ । तार–बार लगाउने काम भैसक्यो तर, बजेट छैन् । त्यसको व्यवस्थापनको काममा लागेका छौं, कार्कीले भने ।’
कार्कीको अनुसार तीन तल्ले पक्कि भवनमा दुई सय जना अट्ने कार्यक्रम हल सहितको सुविधा सम्पन्न हुनेछ । त्यस्तै कम्तिमा २० वटा गाडी पार्किङ् गर्न मिल्ने पार्किङ् र शौचालयको सुविधा भवनमा रहने सुवेदीले बताए ।