बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

घानामा सैनिक हेलिकप्टर दुर्घटना हुदा दुई मन्त्रीसहित आठ जनाकाे मृत्य ।

बिहीबार २२ श्रावण, २०८२ Bichar Batika 1400


घानामा सैनिक हेलिकप्टर दुर्घटना हुदा दुई मन्त्रीसहित आठ जनाकाे मृत्य ।

साउन २२ काठमाडौं , घानाको दक्षिणी असान्ती क्षेत्रमा सैनिक हेलिकप्टर दुर्घटना हुदा  रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको हो । 
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य थिए ,मृत्यु हुनेहरुमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, सांसदका उम्मेदवार सामुएल अबोआग्ये रहेका छन् ।
 चालक दलका तीन जना सदस्यहरूमा स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मालिन ट्वुम–अम्पाडु र सर्जेन्ट एर्नेस्ट एडो मेन्साह रहेका छन् ।
राजधानी अक्राबाट ओबुआसीतर्फ जाँदै गरेको जेड९ हेलिकप्टरसँग सम्पर्क टुटेको जानकारी दिइएको थियो । हेली ओबुआसी दक्षिण घानाको एक प्रमुख खानी क्षेत्र हो । राष्ट्रपतिको कार्यालयबाट जारी भिडियो सन्देशमा यो दुर्घटनालाई ‘राष्ट्रिय विपत्ति’ भन्दै समवेदना व्यक्त गरिएको छ । राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रपति कार्यालयले झण्डा आधा झुकाउन भनेको छ ।
यो पछिल्लो समय घानामा भएको ठूलो दुर्घटना हो । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु