शुक्रबार ५ भाद्र, २०८३ (Friday August 21, 2026)

राप्रपाभित्र विवादकै बीच बागमती सरकारमा तीन मन्त्री बन्दै

शुक्रबार ५ भाद्र, २०८३ Bichar Batika 1138


राप्रपाभित्र विवादकै बीच बागमती सरकारमा तीन मन्त्री बन्दै

भदौ ५ काठमाडौं , नेकपा (एमाले) का नेता किरण थापाको नेतृत्वमा नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतको समर्थनमा गठन भएको बागमती प्रदेश सरकारमा राप्रपाका तीन सांसद सहभागी हुने भएका छन्, उनीहरूले आजै मन्त्री पदको शपथ लिने तयारी गरिएको छ।
राप्रपाका बागमती प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) को नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी हुन लागेको हो, उपनेता लामाका अनुसार तामाङसहित राजु विष्ट र राजेन्द्र प्रजापति सरकारमा सहभागी हुनेछन्।
राप्रपाका अनुसार तीनै जनाले आजै मन्त्री पदको शपथ लिने तयारी छ, सहमतिअनुसार ज्ञानुजंग तामाङलाई स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बनाउने तयारी गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले मुख्यमन्त्रीसहित तीन, नेकपाले दुई र राप्रपाले तीन मन्त्रालय लिने सहमति भएको बताइएको छ,तर बागमती प्रदेश सरकारमा सहभागी हुने विषयलाई लिएर राप्रपाभित्र भने विवाद देखिएको छ, मुख्यमन्त्री किरण थापाले नयाँ सरकार गठनका लागि दाबी पेस गरेदेखि नै राप्रपाभित्र सरकारलाई दिएको समर्थनको विषयमा विवाद सुरु भएको थियो।
राप्रपा संसदीय दलले दिएको समर्थन अस्वीकार गर्न राप्रपा केन्द्रीय नेतृत्वले पत्राचार गरेको बताइएको छ,संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले पनि यस विषयमा पत्राचार गरेकी छन्।
विवाद चर्किएपछि राप्रपाको केन्द्रीय नेतृत्वदेखि बागमती प्रदेश संसदीय दलको सचिवालयसम्मले सरकार गठनका लागि दिइएको समर्थन आधिकारिक नभएको दाबी गर्दै आएका छन्।
यता, राप्रपाका प्रदेश संसदीय दलका उपनेता ज्ञानुजंग तामाङले भने पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन्, उनले संविधान तथा पार्टीको विधान र अधिकारलाई पालना गर्दै सरकारमा सहभागी हुने निर्णय गरिएको बताएका छन्।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु