मंगलवार २० आश्विन, २०८३ (Tuesday October 06, 2026)

गगनकै कारण कांग्रेस तीन चिरा भयो, अब किन जिताउने ? : किशोरसिंह राठौर

आईतवार १८ आश्विन, २०८३ Bichar Batika 1265


गगनकै कारण कांग्रेस तीन चिरा भयो, अब किन जिताउने ? : किशोरसिंह राठौर

असाेज १८ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा चर्किएको छ। पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति गगनकुमार थापामाथि सीधा प्रहार गर्दै उनको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्।
राठौरले थापाकै कारण पार्टी तीन चिरामा विभाजित भएको दाबी गर्दै ‘गगनकै कारण पार्टी तीन चिरा भएको छ, अब उनलाई किन जिताउने ?’ भन्ने प्रश्न गरेका छन्।
त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदाको प्रसंग निकाल्दै राठौरले त्यतिबेला गगन थापा आफ्नो कमिटीमा सदस्य रहेको स्मरण गरेका छन्। आफू पूर्वसभापति शेरबहादुर देउवाको उक्साहट वा निर्देशनमा सभापतिको उम्मेदवार बन्न लागेको भन्ने चर्चालाई भने उनले अस्वीकार गरेका छन्।
महाधिवेशनको पूर्वसन्ध्यामा राठौरले थापाको नेतृत्व, पार्टी सञ्चालन शैली र कांग्रेसभित्र देखिएको विभाजनप्रति असन्तुष्टि जनाउँदै सभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
पार्टीका अन्य नेताहरू सभापति पदमा आफ्नो धारणा स्पष्ट पार्न हिचकिचाइरहेका बेला राठौरले थापाविरुद्ध खुलेर चुनौती दिनुले कांग्रेसको आन्तरिक समीकरणमा नयाँ तरंग पैदा गरेको छ।
अब महाधिवेशनमा थापाको नेतृत्वलाई निरन्तरता दिने कि नयाँ नेतृत्व रोज्ने भन्ने बहस थप पेचिलो बन्ने देखिएको छ। राठौरको पछिल्लो अभिव्यक्तिले सभापतिको दौडमा व्यक्तिगत प्रतिस्पर्धासँगै नेतृत्वको कार्यशैली र पार्टी एकताको विषयलाई समेत प्रमुख एजेन्डा बनाउने संकेत गरेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु