आईतवार १ चैत्र, २०७७
चैत १, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक चैत्र ७ गते बोलाएको भन्दै माधव नेपाल समुहलाई सहभागी हुन आग्रह गरेका छन् । बैठकमा अनुपस्थित भए विधानअनुसार हुने जानकारी पनि गराए । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका नेताहरूलाई सच्चिएर आउन आग्रहसमेत गरेका छन् ।

माधव नेपाल आफँै अध्यक्ष बनेर आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भनेपनि आफूले चाहीँ कसैलाई कतैबाट ननिकालेको बताए । तर केही नेताहरुलाई पार्टीको कामलाई अगाडि बढाउन जिम्मेवारी दिइएको भन्दै उहाँले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताएका छन् ।

अध्यक्ष ओलीले आफुविरुद्ध षडयन्त्र गर्न आएको त्यसले सफलता प्राप्त नहुने भन्दै पार्टी बनाउन एमालेमा आउन अपिल गरेका छन् । उनले आफूले कसैको पद नखोसेको र पार्टी सञ्चालन गर्दै गर्नका लागि अन्तरिम व्यवस्था गरेको बताएका छन् ।

तस्बिरः K.B Shrestha