शुक्रबार २५ भाद्र, २०७८
भदौ २५, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा आज अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
विधान महाधिवेशनलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो। विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्तावेज तथा व्यवस्थापनको तयारीमा एमाले जुटेको छ ।
साथै संसदमा पार्टीका भूमिकाबारे पनि आजको बैठकमा छलफल हुनेछ । एमालेले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरेको छ । विधान महाधिवेशन काठमाडौंमा हुनेछ ।