मंगलवार ३ चैत्र, २०७७
चैत ३, काठमाडौं । नेता कार्यकर्तालाई गुटगत भेलामा नजान नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।
ओलीले माधवकुमार नेपाल समूहको नाम नलिई केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध र सम्वद्ध कुनै पनि नेता कार्यकर्तालाई गुटगत भेलामा नजान सचेत गराए ।
चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे ।’
उनले भने, ‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’ उनले अघि भने, ‘अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’
दलसम्बन्धी कानून र पार्टीको विधान रहेको भन्दै ओलीले यसबारे सबैको ध्यानाकर्षण गराउन चाहेको बताए ।
estuack
Topically Applied Keflex buying ivermectin