सोमबार ९ चैत्र, २०७७
चैत ९, काठमाडौं । फास्ट ट्र्याक निर्माणका क्रममा प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विभिन्न अनियमितता भएको भन्दै अध्ययनका लागि उपसमिति गठन गरेको छ ।
सोमबार बसेको समितिको बैठकले नेकपा एमालेका सांसद गणेश पहाडीको संयोजक र जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल रहेको समिति गठन गरेको हो ।
फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाले गर्ने ठेकेदार छनोट, पुल निर्माणमा भएको अनियमितता, खोकनामा भएको विवाद, निर्माणका क्रममा भएका लापरवाहीलगायतका विषयमा उक्त समितिले अध्ययन गर्ने समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।
उक्त समितिलाई दुई महिनाको समय दिइएको छ । नेपाली सेनाले काठमाडौंबाट तराई जोड्ने फास्ट ट्र्याकको निर्माण गरिरहेको छ ।