आईतवार २४ कार्तिक, २०८२ (Sunday November 09, 2025)

दिल्ली सरकारले कोरोनासँग लड्न माग्यो सेनाको सहयोग

मंगलवार २१ बैशाख, २०७८ विचारवाटिका 2527


दिल्ली सरकारले कोरोनासँग लड्न माग्यो सेनाको सहयोग

वैशाख २१, काठमाडौं । भारतको नयाँदिल्ली सरकारले कोरोना संक्रमणको महामारीसँग लड्नका लागि सेनाको सहयोग मागेको छ ।

दिल्ली सरकारले कोभिड केयर सुविधा र आइसियू युनिट्स सन्चालनका लागि सेनाको सहयोग मागेको हो । दिल्ली सरकारले सेनाको सहयोग माग्दै रक्षा मन्त्रालयमा पत्र पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

कोरोनाको दोस्रो लहरबाट नयाँदिल्ली बढी प्रभावित क्षेत्रमध्ये एक हो । कोरोना संक्रमणका बिरामीहरु दिनदिनै बढेपछि भारतको राजधानी नयाँदिल्ली आईसीयू बेड र अक्सिजनको कमीसँग जुधिरहेको छ ।

भारतमा विगत एक हप्तादेखि हरेक दिन तीन लाख भन्दा धेरै नयाँ संक्रमित भेटिरहेका छन् । दिल्लीमामात्रै दैनिक २० हजारभन्दा धेरै जनामा संक्रमण पुष्टि भइरहेको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले भनेका छन्, ‘अक्सिजन ढुवानीका लागि एकदमै धेरै सहयोग आवश्यक छ । अक्सिजन वितरणका लागि सेनासँग ट्रक छ भने मद्दत गरोस् । रक्षा अनुसन्धान एवं विकास संगठन (डिआरडिओ)सँग पाँच सय बेडको उपचार केन्द्र छ । यस्तै केन्द्र अरु भइदिए पनि सहयोग हुन्थ्यो ।’




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु