मंगलवार २१ बैशाख, २०७८
वैशाख २१, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ ।
मुख्य सचिव शंकरदास बैरागीमार्फत अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निणर्य जानकारी पाएको बताए ।
मुख्यसचिव बैरागीले टेलिफोन गरी मन्त्रिपरिषदले फिर्ता बोलाउने निणर्य गरेको बताए ।