शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

अब कालिमाटी तरकारी बजारको ढुवानीका सवारीमा जोर-बिजोर प्रणाली लागू 

बुधबार १२ जेष्ठ, २०७८ विचारवाटिका 2638


अब कालिमाटी तरकारी बजारको ढुवानीका सवारीमा जोर-बिजोर प्रणाली लागू 

जेठ १२, काठमाडौं । कोरोनाले देश नै त्रसित बनाएको समयमा पनि कालिमाटी तरकारी बजारमा मानिसको चाप धेरै भएपछि ढुवानीका सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ ।

कालिमाटी तरकारी बजारमा तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर-बिजोर प्रणाली लगाउने निणर्य गरिएको बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए ।

ढुवानीका लागि करिब ७० वटा सवारी साधन प्रयोग हुँदै आएको उनले बताए । उपत्यका प्रशासनले तीन जिल्लामा निषेधाज्ञाको आदेश जारी गरेको छ । तर प्रशासनले तरकारीका सवारी साधनलाई अत्यावश्यक सेवाका रुपमा राखेर सञ्चालनमा अवरोध गरेको थिएन ।

कालिमाटी तरकारी बजारमा किनमेलको नाममा भिड बढेको गुनासो पनि हुने गरेको थियो । चालक र सहचालककै कारण पनि भिड बढी देखिएकाले जोर-बिजोर प्रणाली लगाउनुपरेको उनले बताए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु