मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

हिजाे मध्यरातिबाट मौनअवधि लागू , माैनअवधिमा के–के गर्न पाइँदैन ?

मंगलवार १९ फाल्गुन, २०८२ Bichar Batika 1319


हिजाे मध्यरातिबाट मौनअवधि लागू , माैनअवधिमा के–के गर्न पाइँदैन ?

फागुन १९ काठमाडौँ , आगामी विहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिजाे राति १२ बजेदेखि माैन अवधि लागू भएकाे छ ।
राजनीतिक दलहरुले हिजाे मध्यरातिबाट प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ। मतदान हुने दिन भन्दा ४८ घण्टा अघि देखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुनजेल सम्म  आयोगबाट प्रचार प्रसार निषेध अवधि तोकिएकाले हिजाे राति १२ बजेपछि निर्वाचन प्रचार प्रसार गरि मत माग्न नपाईने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले प्रस्ट पार्नु भएकाे छ ।
निर्वाचनका लागि यही फागुन ४ गतेदेखि प्रचार प्रसार अवधि तोकिएको थियो , निषेध अवधिमा कुनै पनि माध्यमबाट प्रचार प्रसार गरि मत माग्न नपाईने आयोगले जनाएको छ , साथै माैन अवधि लागुभएपछि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामाग्री हटाउन समेत सहायक प्रवक्ता जिसीले अनुराेध गर्नु भएकाे छ ।
यसैगरी, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामाग्री पोष्ट वा शेयर गर्न तथा गराउन निषेध गरिएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु