बिहीबार १७ भाद्र, २०७८
भदौ १७, काठमाडौं । तिज पर्व नजिकिदैं गर्दा बजारमा सुन अभाव भएको सुन व्यवसायीहरुले बताएका छन् । तिजका कारण दैनिक सुनको माग ३५ किलो पुगेपछि आयात कम हुँदा उपभोक्ता र व्यवसायी दुवै मर्कामा परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
लामो समय पछि बजार कोभिड अघिको लयमा फर्किए पनि आयात कोटाका कारण कारोबार प्रभावित हुने खतरा देखिएको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताएका छन् । ‘बजारमा सुनको माग बढेको छ, दैनिक माग ३५ किलोको छ तर सुन उपलब्धता छैन,’ उनले भने ।
कोभिड प्रभावित सुन व्यवसाय माथि उठ्नका लागि भए पनि अहिले सुनको उपलब्धता जरुरी भएको उनले बताए । सुनको आयात कोटा बढाउनेबारे अर्थ मन्त्रालय, राष्ट्र बैंक र वाणिज्य मन्त्रालयको ध्यानाकर्षण गराउन लागिएको पनि महासंघले जनाएको छ ।
बजारमा कोटाकै सुनको ल्याउन पनि बैंकहरुलाई समस्या आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । नेपालले धेरै मात्रामा सुन खरिद गर्ने दुबईको अध्यगमन कानुनका कारण बैंकहरुलाई सुन ल्याउन कठिनाई भएको उनले बताए । दुबईमा कठिन भएपछि केही बैंकहरुले स्वीटजरल्याण्ड र इजिप्टबाट सुन खरिद गरेर नेपाल भित्र्याएको उनले बताएका छन् ।
नेपाली बजारमा दुबई र चिनियाँ सुन नै प्रमुख स्रोत भएको र अहिले वैधानिक चिनियाँ स्रोत ठप्प रहेको उनले बताए । ‘वैधानिक स्रोतमा सुन अभाव देखिएको छ, यसैको असर बजारमा पनि देखिएको छ,’ महासचिव बज्राचार्यले भने ।
वैधानिक रुपमा सुन आयातका लागि बठिनाई भएको गुनासो बैंकहरुले गरेको नेपाल बैंकर्स संघले जनाएको छ । कोभिडका कारण लगाइएको कडा अध्यगमन नियम र हवाई उडान अनिश्चित बन्दा कोटा कै सुन आयात गर्न ढिलाई भएको संघले जनाएको छ । भदौ महिनाभरी ४ सय किलो सुन ल्याउनका लागि बैंकहरुले संघबाट सिफारिस लिएको बैंकर्स संघले जनाएको छ । हाल नेपाली बैंकहरुसंघ ७७.५ किलो सुन मौज्दात रहेको र १५० किलो सुन नेपाल भित्रिने क्रममा बाटोमा रहेको संघले जनाएको छ ।
Implantation bleeding often occurs a day or more after the actual implantation took place viagra after prostate radiation 29 Another recent study, however, demonstrated that ovarian reserve is lower in patients with endometriomas even before they undergo ovarian surgery
Emily QyPcfOYHSrUPSHvNQL 6 30 2022 discount finasteride
I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: sabong online registration
I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: horse racing betting sites
RldXP
buy doxycycline online no prescription