मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिन तीन राष्ट्रबीच भयो सुरक्षा सम्झौता

बिहीबार ३१ भाद्र, २०७८ विचारवाटिका 1915


चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिन तीन राष्ट्रबीच भयो सुरक्षा सम्झौता

भदौ ३१, काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले यो सम्झौता गरेका छन् ।
 
चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा चीनको प्रभाव देखेर सशंकित रहेका यी तीन राष्ट्रबीच भएको यो सम्झौतालाई ‘ओकस’ नाम दिइएको छ ।

जसअनुसार अब अमेरिका र बेलायतले अष्ट्रेलियामा  आणवीक (न्युक्लियर)  शक्तिबाट चल्ने समुद्रिक पनडुब्बी (सबमरिन) बनाउने लगायत सुरक्षा क्षेत्रका प्रविधिमा सघाउने भएका छन् । 
अष्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने भएको छ । पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सन् २०१६को सम्झौता रद्द गरेको छ ।

ओकस सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम प्रवित्रि र साइबरका पक्षलाई समेट्ने बीबीसीले जनाएको छ । यो सम्झौतापछि तीनवटै मुलुकको साइबर क्षमता, आर्टिफिसियल इन्टेलिजेन्स र समुद्र मुनिको सैन्य क्षमता तीन गुणाले बढेको बीबीसीले जनाएको छ ।

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ओकस सम्झौताको चीनले विरोध जनाएको छ । वासिङ्टनस्थित चिनियाँ राजदूतावासले अमेरिका, बेलायत र अष्ट्रेलिया शीतयुद्धको मानसिकतामा रहेको आरोप लगाएको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु