शनिबार २४ कार्तिक, २०८१ (Saturday November 09, 2024)

आज यमपञ्चककाे पहिलाे दिन कागतिहार ।

बुधबार १४ कार्तिक, २०८१ Bichar Batika 1176


आज यमपञ्चककाे पहिलाे दिन कागतिहार ।

कार्तिक १४ काठमाडौं , नेपालीहरूकाे दाेस्राे ठूलाे चाड कार्तिक कृष्णपक्ष त्रयाेदशी देखि  कार्तिक शुल्क पक्ष द्वितीयासम्म पाँच दिन मनाउने यमपञ्चककाे आज पहिलाे दिन कागतिहार हाे ।
 धर्मशास्त्र अनुसार  कागलाई यमराजकाे दूत मानिने भएकाेले आजकाे दिन कागलाई मन पर्ने दही भात ,लगायत मिठा - मिठा खानेकुरा खान दिएर कागकाे पुजा गर्ने प्रचलन छ ,कागले यमराज समक्ष  राम्राे खबर मात्र लगिदियाेस भनेर पनि आजकाे दिन कागलाई मनपर्ने खानेकुरा खान दिएर खुसि पार्ने गर्दछ ।


 धर्मशास्त्रमा उल्लेख भएअनुसार  यमलाेकका अधिपति यमराजले पृथ्वी लाेकका मानिसहरूकाे जन्म मृत्युको विवरण राख्ने गर्दछ र विवरण संकलन गर्न पृथ्वीलाेक बाट कागले आकाशमा उडेर छिटाे सन्देश ल्याउन र लैजान सक्ने भएकाेले यमराजले कागलाई आफ्नाे दूत बनाएकाे धार्मिक विश्वास रहेकाे छ, तेसैले काग खुसी भएर बर्षभरि आफ्नाे घरआगनमा राम्राे र सुखद खबरमात्रै ल्याओस् भनेर काग तिहारकाे दिन घर बाहिर टपरी , दुनामा टपरी दुना नभए  पातमा कागलाई मनपर्ने मिठा - मिठा विभिन्न प्रकारका खानेकुरा राखेर खान दिइन्छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु