बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

हिजाे देशभर दुई हजार नाैं सय पचिस जनाकाे उम्मेदवारी दर्ता ,आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने ।

बुधबार ७ माघ, २०८२ Bichar Batika 1411


हिजाे देशभर दुई हजार नाैं  सय पचिस जनाकाे उम्मेदवारी दर्ता ,आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने ।

माघ ७ काठमाडौँ ,निर्वाचन आयाेगकाे अनुसार हिजाे देशभर  २ हजार ९ सय २५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी गराउनु भएकाे छ , राउतकाे अनुसार २ हजार ५ सय ८९ जना पुरूष उम्मेदवार  र उम्मेदवार ३ सय ३६ जना महिला उम्मेदवारकाे उम्मेदवारी परेकाे जानकारी गराउनु हुँदै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने बताउनु भएकाे छ।
निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको हो । उजुरीपछि यही माघ ८ गते बेलुुका ५ बजेसम्म उम्मेदवारी पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने र माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन चाहानेले फिर्ता लिन  सक्ने व्यवस्था गरेको समेत बताउनु भएकाे छ ।
आयोगका अनुसार २ हजार ९ सय २५ जनाको उम्मेदवारी परेकाेमा पुुुरुष २ हजार ५ सय ८९ जना र महिला ३ सय ३६ जना उम्मेदवारी रहेकाे छ भने २ हजार ९ सय २५ जना मध्य  अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जना उम्मेदवार रहेकाे समेत निर्वाचन आयाेगले जनाएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु